रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा: अध्यक्ष तिमिल्सिना

पोखरा न्यूज- १० फागुन ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज उद्घाटनमा उनले देशभित्रै रोजगारी सिर्जना गरी विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ शुरु गरिएको सहयोग सङ्कलन अभियानमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यालय परिसरमा निर्माण गरिएको ‘स्वर्ण जयन्ती स्तम्भ’को अध्यक्ष तिमिल्सिनाले अनावरण गरेका थिए ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ सहयोग सङ्कलनको क्रममा रु एक करोड ५० लाख तथा रु २३ लाख बराबरको भौतिक संरचना निर्माणमा सहयोग प्राप्त भएको अर्थ सङ्कलन समितिका संयोजक बमबहादुर गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button