एनसेल गेटमा बिष्फोट : घाइते मध्ये एकको मृत्यु

पोखरा न्यूज – ११, फागुन ।

ललितपुरस्थित नक्खुमा रहेको एनसेल टावरमा बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार राति भएको  बम बिष्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले  जानकारी दिए ।

बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो ।

घटनाको बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button