पोखरामा मनाङको दोश्रो हार, विभागिय टोली एपिएएफसंग स्तब्ध

पोखरा न्यूज – ११, फागुन ।

पोखरामा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले १५ दिन पनि वित्न नपाउँदै पोखरा रंगशालाको मैदानमा दोश्रो हार खेप्नु परेको छ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलका लागि मैदान उत्रिएको मनाङ विभागिय टोली एपिएफ संग १–० गोलले स्तब्ध हुन पुग्यो ।

खेलको ७० औं मिनेटमा सुदिप शिखाकारको कर्नर प्रहारलाई हेड गर्दै डि बक्समा अनमार्क रहेका प्रदिप लामाले एपिएफलाई सेमीफाइनलको यात्रा तय गराएका हुन । उनको हेडले मनाङको डिफेन्स र गोल रक्षकलाई समेत चकित पार्दै बारको कर्नर बाट गोलमा परिणत भएको थियो । लामाको त्यही गोलले मनाङले यो सिजनमा पोखरेली दर्शकलाई दोश्रो पटक निराश बनाउँदै फर्कन बाध्य भयो । गोल गर्ने लामा खेलको म्यान अफ दि म्याच घोषित हुँदे ५ हजार नगद र ट्रफी पाए ।

तिन जना बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङले पहिलो हाफमा केही मुभहरु बनाउने प्रयास गरेको भए पनि रणनितिक रुपमा डिफेन्समा खेलिरहेको एपिएफले गोल गर्ने कुनै मौकानै दिएन । धेरै खेल विश्लेषकहरुले मनाङले आफ्नो पुरानो लयमा फर्कन नसकेको टिप्पणी समेत गरेका छन ।

खेलको चौथो मिनेटमा मनाङका भरपर्दा खेलाडी ओलेवोलाको प्रहार दोश्रो बार बाट बाहिरियो भने २० औं मिनेटमा हेमन गुरुङको सोझो प्रहार एपिएफका गोल रक्षक अमृत चौधरीले बचाउ गरे । ७५ औं मिनेटमा बिशाल राईको कर्नरलाई प्रकाश वुढाथोकीको फितलो प्रहारलाई समेत गोल एपिएफका गोल रक्षक चौधरीले बचाए ।

यता खेल पछि कुरा गर्दै मनाङका विदेशी प्रशिक्षक तोपे फुजाले गोल गर्ने अबसरहरुको सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको बताउँदै भने–“हाम्रो डिफेन्सको कमजोरीले गोल खायौं ।” मनाङ संग जित पछि निकै उत्साही बनेका एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आफ्नो रणनितीले जित हासिल भएको बताए । “पहिलो हाफमा लय समात्न नसके पनि दोश्रो हाफमा पाएको अबसरलाई सदुपयोग गर्यौं र जित्यौ”–उनले भने ।  आइतबारको दोश्रो क्वाटर फाइनल खेल नेपाल आर्मी र हिमालयन शेर्पाका विच हुने आयोजक सहारा क्लबले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button