पोखराबाट जाँदै गरेको बसले घाँसीकुवामा मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

पोखरा न्यूज- ११, फागुन ।

पोखराबाट सुनौली जाँदै गरेको बसले तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको  मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा  ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए  ।

उपरीक्षक  शाहका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा पोखरामा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button