पोखराममा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक घाइते, घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

पोखरा न्यूज – ११, फागुन ।

पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि एक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परि ललितपुर महानगरपालिका-७ बागडोलका २९ बर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ ।

सोलो पाइलट मैनालीले पोखरा -१८ सराङकोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पुरीका अनुसार गम्भीर घाइते भएका मैनालीलाई उपचारको लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाण्डौ ग्राण्डी अस्पतालमा पठाइएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button