गण्डकी प्रदेशका स्वर्ण विजेता रुपकलाई कोरीयाबाट सहयोग

पोखरा न्यूज – १५, वैशाख । हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता गण्डकी प्रदेशका खेलाडी रुपक नेपालीलाई कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

गरिब परिवारमा जन्मेर पनि गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका नेपालीले समग्र गण्डकी प्रदेश सहित खेलकुदको क्षेत्रमा लागेको हुनाले उनको हौसला स्वरुप कोरीयाबाट उनलाई आर्थिक सहयोग जुटेको हो ।

किसान सुनारका भाई हाल कोरियामा रहेका इशु सुनारले कोरियामा रहेका विश्वकर्मा समाजबाट संकलन भएको ४३ हजार २ सय रुपैया आइतबार पोखरामा हस्तान्तरण गरिएको छ । स्वर्ण पदक विजेता खेलाडीलाई उक्त रकम हस्तान्तरण गर्दै किसानले रुपकको खेल र उनको पारिवारीक अबस्था देखेर आफुहरुको पहलमा थोरै सहयोग प्रदान गरिएको जनाए ।

उक्त अवसरमा यज्ञ बहादुर नेपालीले समेत व्यक्तिगत रुपमा ५ हजार ५ सय रुपैया सहयोग गरेको प्रशिक्षक शिव गुरुङले बताए । खेलाडीहरुको हौसलाको लागि यस्तो सहयोग आवश्यक भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

यसैबिच खेलाडी नेपालीलाई विभिन्न व्यक्ति तथ संघ संस्थाले आर्थिक सहयोग दिदै आएका छन्।  नेपालगन्जमा हालै सम्पन्न भएको फुल कन्ट्याक कराँते खुल्ला तौल समुहमा रुपक नेपालीले स्वर्ण पदक ल्याएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button