नायिका स्वेता खड्का सहित ५ जना सम्मानित

आर.आर. पौडेल, पोखरा न्यूज – ०४, असोज । नवौ संस्करणको क्रियटिभ राष्ट्रिय सम्मान २०७६ बाट नेपाली चलचित्रकी नायिका एवंम समाजसेवी स्वेता खड्का सम्मानित भएकी छन् । पोखरामा आयोजित कार्यक्रममा उनीसँगै विभिन्न पाँच जना सम्मानित भएका हुन् ।

यसरी सम्मानित हुनेमा समाजसेवी एवं नेपाल स्नेही काखकी अध्यक्ष श्रीनेहा पोखरेल, प्रणय गजलका वादशाहको रुपमा परिचित प्रकट पगेनी शिव, चलचित्रकर्मी उद्धव पौडेल, नेपाल प्रहरीका एसपी अशोक सिँह रहेका थिए ।

आफ्नो क्षेत्रबाट समाजमा प्रेरणादायी भुमिका निभाउन योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई वरिष्ठ साहित्यकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ र क्रियटिभ बोर्डकास्टिङ मिडिया प्लसका प्रबन्ध निर्देशक मिलन प्रतिकले सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै नायिका खड्का, समाजसेवी पोखरेल र साहित्यकार प्रकटले सम्मानले अगाडी बढ्न जोश थपेको बताए । सिँह र पौडेल विशेष कारणबश कार्यक्रममा उपस्थित नहुँदा उनीहरुका प्रतिनिधिले सम्मान ग्रहण थिए ।

क्रियटिभ बोर्डकास्टिङ मिडिया प्लसले २०६६ सालदेखि राष्ट्रिय सम्मान कार्यक्रमलाई निरन्तर रुपमा आयोजना गर्दै आएको छ । क्रियटिभ सम्मानबाट हालसम्म विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ५० जना श्रष्टा सम्मानित भैसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button