पोखरामा प्रहरी जवान तयारी कक्षा संचालन

पोखरा न्यूज – ०५, असोज । पोखरा रत्नचोक जनप्रिय मार्गमा रहेको नमस्ते पोखरा मल्टिसोलुसनले पोखरामा नेपाल प्रहरी जवानको परीक्षा तयारीको लागि कक्षा संचालन शुरु गर्ने भएको छ ।

नेपाल प्रहरी जवानको लागि फारम भरेर बसेका युवा/युवतीलाई लक्षित गरी उनीहरुलाई प्रशिक्षण गराउने उद्धेश्यले प्रहरी जवानको परीक्षा तयारीको लागि कक्षा संचालन गर्ने भएको मल्टिसोलुसनका संचालक कल्याण बरालले बताए ।

उनका अनुसार उक्त कोर्षको लागि ३५ दिने कक्षा संचालन गरिने भएको छ । अनुसासित र व्यवहारिक एवं दक्ष प्रहरी जवान उत्पादन गर्ने उद्धेश्यले आफुहरुले उक्त कोर्ष नै सञ्चालन गर्ने तयारी गरिएको संचालक बरालले जनाए । अनुभवी तथा दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण हुने भएको उनले जनाए । मल्टिसोलुसन वुटवलको भाइ इन्स्टिच्यूटको शाखा हो ।

यसैबिच, मल्टिसोलुसनले पोखरामा एक दिने नेपाल प्रहरी जवानको परीक्षा तयारीको लागि अभिमुखीकरण कार्यक्रम संचालन गर्यो । कार्यक्रममा करिब ६० जना सहभागि भएको मल्टिसोलुसनले जनाएको छ ।

वुटवलको भाइ इन्स्टिच्यूटका प्रोपाइटर निलम अधिकारी, कपिलवस्तुका प्रहरी निरिक्षक प्रताप पौडेल लगायतले उक्त कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button