खोलाले बगाउँदा विप्लवको मृत्यु

पोखरा न्यूज – १३, कार्तिक । नुवाकोटको बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ ।

आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो । खोलाले बगाउँदै गर्दा उद्धार गरी विदुरको चक्रदेव पोलिक्लिनिकमा उपचार गर्ने क्रममा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विशाल मिजारका छोरा विप्लव काठमाडौँ बस्दै आएका थिए । उनी तिहार मनाउनका लागि गाउँमा आएका थिए । मिजार साथीसँगै खोलामा पौडी खेल्न गएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button