नेपाली भुमि भारतीय नक्सामा

पोखरा न्यूज – २०, कार्तिक । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ ।

सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको हुँदा उक्त विन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कामको कूटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले सरकारसँंग माग गरेको छ ।

लिम्पियाधुरा, कुट्यिाङ्दी, लिपुलेक र कालापानी नेपालका भू–भाग भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँले यी क्षेत्रलाई भारतीय पक्षको अनधिकृत कब्जाबाटमुक्त गराई वैज्ञानिक किसिमले सीमा व्यवस्थापन गर्न माग गरेका हुन् । नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी गरी करीब ५४ वटा स्थानमा सीमा विवाद रहेको पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सत्तामा रहुञ्जेल समाधानको निम्ति उदासीन देखिने र सत्ताबाट हटेपछि सोही विवादलाई राष्ट्रियताको मुद्दा बनाउँदा छिमेकी देशले नटेर्ने गरेको हो”, विज्ञप्तिमा भनिएको छ ।

नेपालको दुवैतिर भौगोलिक, आर्थिक र सामरिक दृष्टिकोणले विशाल देश रहेको हुँदा राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताको मामलामा सबै दल राज्यराष्ट्र सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सिमानाको नेपालसापेक्ष सुव्यवस्था गर्न एकजुट हुन पनि पार्टीले आह्वान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button