पोखरा न्यूज – २३, मंसिर। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
पोखरा रंगशालामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएको हो । लगातार फाइनलमा २ पटक भारतसँग हार बेहोरेको नेपालले तेस्रोपटक घरेलु मैदानमा भारतलाई हराउदै विगतको हारको बदला लिने चाहना अधुरै रह्यो ।
खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी बालादेवीले ५५ औं मिनेटमा पुनः अर्को गोल थप्दै टिमको अग्रता दोब्बर बनाइन् ।
खेलको शुरुवातमै गोल खाएर दबाबमा परेको नेपाल खेलमा फर्कन सकेन । सन् २०१० बाट सागमा समावेश भएको महिला फुटबलका ५ वटा संस्करण मा नेपालले भारतसँग ३ खेलमा हार बेहोरेको छ भने १ खेलमा ड्र र १ खेलमा मात्र जित हात पारेको छ ।