भारतमा डिप्रेसन पीडित पुरुषद्वारा आफ्नै आमा, श्रीमती र तीन छोरीको हत्या

पोखरा न्यूज – ०३, माघ ।  भारतको विहार राज्यमा डिप्रेसनका बिरामी एक पुरुषले आफ्नै आमा, श्रीमती र तीन छोरीको निर्मम हत्या गरेका छन् ।

विहारको खरगपुर जिल्लाका भरत केसरी नाम गरेका ती ५० वर्षीय पुरुषले ८० वर्षीया वृद्धा आमा, ४५ वर्षीया श्रीमती आशा देवी र तीन छोरीहरुको घाँटी थिचेर हत्या गरेका हुन् । छोरीहरुको उमेर १६, १४ र १० वर्ष रहेको बताइएको छ ।

उनले शुक्रबार बिहानै रिसले आवेगमा आएर ५ जनाको हत्या गरेपश्चात घरको छतबाट हाम फालेर आत्महत्याको प्रयास गरेका थिए । हाम फालेका केसरी छिमेकीको माथि खस्न पुगेका थिए । उनलाई कुनै चोट पटक नलागेको जनाइएको छ ।

प्रहरीले हत्यारा केही समय अघि देखि डिप्रेसनबाट पीडित रहेको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button