सुनको मूल्य घट्यो

पोखरा न्यूज – २२ , माघ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सय  र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९ सयमा झरेको छ ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५ सयले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७ सय पुगेको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८ सय ७५ तोकेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button