८ वर्षमा ८ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने आइसिसिको प्रस्ताव

पोखरा न्यूज – ०६ ,फागुन । सन् २०२३ देखि २०३१ सम्म ८ वर्षको समयमा ८ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रस्ताव राखेको छ ।

प्रस्ताव अनुसार सन् २०२४ र २०२८ मा टि ट्वान्टी च्याम्पियन्स कप, २०२५ र २०२९ मा एकदिवसीय च्याम्पियन्स कप, २०२६ र २०३० मा टि ट्वान्टी विश्वकप तथा २०२७ र २०३१ मा एकदिवसीय विश्वकप आयोजना गरिनेछ ।

नयाँ प्रस्तावित च्याम्पियन्स प्रतियोगिता १० टोलीबीच खेलाइने तथा अहिलेको विश्वकपको फर्म्याट मै ४८ खेल खेलिने पनि जानकारी दिइएको छ । प्रतियोगितालाई साविकको च्याम्पियन्स लिग कै नयाँ रुपमा लिन सकिनेछ भने आइसिसिका पुर्ण सदस्य रहेका १५ देशलाई मार्च १५ सम्म प्रतियोगिता आयोजनाको प्रस्ताव राख्न समयसीमा दिइएको छ ।

आइसिसिको प्रस्ताव पारित भएमा हाल आयोजना भइरहने दुई राष्ट्र सम्मिलित सिरिजहरुमा कमी आउने र राष्ट्रहरुको क्रिकेट बोर्डहरुको आम्दानी पनि प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ ।

यसकारणले मुख्य रुपमा भारतको क्रिकेट बोर्ड (बिसिसिआई), अष्ट्रेलिया क्रिकेट बोर्ड र बेलायतको इङ्ग्लिस क्रिकेट बोर्ड (इसिबि)ले प्रस्ताव अस्वीकार गर्न सक्ने जनाइएको छ ।

आइसिसिले महिला टि ट्वान्टी तथा एकदिवसीय च्याम्पियन्स कप आयोजना गर्ने पनि तयारी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button