प्रतिकुल मौसमका कारण पोखरामा हवाई उडान प्रभावित

पोखरा । प्रतिकुल मौसमका कारण पोखरा विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि मौसम प्रतिकुल भएपछि कुनै पनि उडान हुन नसकेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पोखरा न्यूजलाई जानकारी दिए ।

‘बिहानदेखि कुनै पनि उडान भएकोे छ्रैन,’ उनले भने, ‘मौसम प्रतिकुल छ । आज कुनै पनि उडान भएका छैनन् ।’ त्रिभुवन विमानस्थलमा पनि नेपाली सेनाले काम गरि रहेको कारण १२ ः २० बजेसम्म उडान बन्द गरिएको उनले जानकारी दिए ।

पोखरामा हुस्सु लागेको छ । महाशिवरात्रीको दिन बिहानैदेखि मौसम चिसो छ । केही स्थानमा हल्का वर्षा पनि भएको छ ।

सम्बन्धित न्यूज

Back to top button