पोखरामा सडक वालवालिका र राहतको अवस्था बुझ्दै सांसद बराल

पोखरा । पोखरा महानगरपालिकाको व्यवस्थापन र चिल्ड्रेन नेपालको सहयोगमा पोखरा क्षेत्रका सडक वालवालिका हाल कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित लेवाडेमा आश्रित छन् ।

कोरोना भाइरसको संक्रमण नहोस भन्दै महानगरले चैत १६ गते पोखरा क्षेत्रका सडकबाट जिल्ला प्रहरी कार्यालय कास्कीको समेत सहयोगमा उनीहरुलाई उद्दार गरि  लेवाडेमा लगेर  व्यवस्थापन गरेको हो ।

शुक्रबार चिल्ड्रेन नेपालको भवनमा रहेका ३ वालिका सहित १६ जना बालावलिकाहरुको अवस्थाबारे  बुझ्न पुगेका गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले उनीहरुलाई पारिवारिक वातावरण सिर्जना गर्न सवैले सहयोग गर्नुपर्ने बताए ।

सडकमा रहेका वालवालिकाहरुलाई महानगरसहितका अन्य संघ संस्थाको सहयोगमा एकिकृत ढंगले व्यवस्थापन गरिएकोले यसमा  सवैले  साथ र सहयोग गर्नुपर्नेमा  उनले  जोड दिए  ।  सांसद बरालले उनीहरुको स्वास्थ्य अबस्थाको बारेमा समेत चासो दिएका थिए ।

यसैबिच, सांसद बरालले शुक्रबार पोखरामा राहत वितरणको अवस्थाबारे बुझ्दै वडा – २५ हेमजा देखि   पोखरा – १८ को सराङकोटसम्म पुगेका छन् । सो क्षेत्रमा राहत वितरणको अवस्थाबारे बुझ्दै सांसद बरालले  बिषम परिस्थितीमा  चुल्हो नै वाल्न नसक्ने वास्तविक व्यक्तिहरुको पहिचान गरी सामाजिक दुरी कायम गर्दै राहत वितरण गर्न  सुझाव दिएका थिए ।

हेमजा क्षेत्रमा  ६ सय ८० घर धुरीलाई राहत बितरण गर्न शुरु गरिएको पोखरा -२५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले बताए । वडामा करिब ८५ घर परिवार छुट्न गएको उनले जनाए । ३ सय १० घर परिवारले भने आधा प्याकेज १ हजार मुल्य बराबरको राहत पाउने भएको अध्यक्ष तिमिल्सिनाले बताए ।

पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले वडामा केही दिनमा राहत वितरण हुने भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button