सामाजिक सञ्जालमा प्रचण्डलाई गाली गरेको आरोपमा पत्रकार पक्राउ

पोखरा न्यूज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा पत्रकार दीपक पाठक पक्राउ परेका छन्। रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक विहीवार विहान घर बाटै पक्राउ परेका हुन्।

प्रहरीको साइबर ब्युरोले साइबर अपराध गरेको आरोपमा पाठकलाई पक्राउ गरेको हो। नेकपा अध्यक्ष प्रचण्डलाई सामाजिक संजाल फेस्बुकबाट निरन्तर गाली गलौज र आपत्तिजनक टिप्पणी गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनाएकाे छ। झापा घर भएका पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट पत्रकार मानिन्छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button