तनहुँका २ पुरुषमा कोरोना पुष्टि

पोखरा । तनहुँ  जिल्लाका थप २  जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार दिउसो तनहुँका २ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टिनमा  रहेका बर्ष १२ र ४६ का २ जना पुरुष रहेका छन् ।

संक्रमितहरुलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ । योसँगै  तनहुँमा कोरोना संक्रमण देखिनेको संख्या कुल ११  पुगेको छ । आज बिहान मात्र तनहुँका २ संक्रमितले कोरोना जितेर घर फर्किएका थिए  ।

मंगलबार दिउसो नै पोखरामा उपचाररत एक व्यक्तिमा समेत कोरोना पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल  २ सय २६ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म  तनहुँका ११  जना पुरुष सहित बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

पोखरामा उपचाररत एक पुरुषमा कोरोना पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button