बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको पीसीआर परीक्षण संम्पन

टीम मेम्बर, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षण

पोखरा न्यूज संवाददाता । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ ।

कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाव लिएको हो । आज टीम मेम्बर, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि आज नै स्वाव लिइएको छ ।

सबैको पीसीआर परीक्षण किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको हो । बन्द प्रशिक्षण भोली (बुधबार) बाट सुरु हुँदैछ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ । कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनुहुनेछ ।

बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरह भेशवाकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ । यस्तै सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ । यसैगरी राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button