प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड-माधव पक्ष स्थायी समिति बैठकको निर्णय

महासचिव पौडेलको जिम्मेवारी खोसियो

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान,उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिबिधि गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको बैठक पछि नेता भीम रावलले जानकारी दिनु भयो ।

यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button