आजको राशिफल : २०७७ साल फागुन ३ गते, सोमबार

वीरेन्द्र सापकोटा : आज मितिः २०७७-फाल्गुन-३, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १५, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः चतुर्थी घ.प.:५१ः८(२७ः१०), नक्षत्रः उ.भा. (२९ः१५), योगः साध्य, करणः वणिज, आनन्दादी योग : गद

चन्द्रमाः मीन, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः४३

सूर्यास्तः १७ः५४

आजको राशिफलः

मेष. तपाईको लागि आजको दिन राम्रो देखिएको छ । इष्टमित्र तथा आफन्तसँगको मेलमिलापले हर्षोल्लासको वातावरण हुनेछ । पारिवारिक सुख मिल्दा आर्थिक कारोबारमा सहजता र सहयोगीपनको भावना जागृत हुँदा सफलतासमेत हात लाग्नेछ ।

वृष.सन्तोषजनक रुपमा नै दिन व्यतित हुनेछ । आफूभन्दा मान्यजनको आशिर्वादले काममा पूर्णता मिल्ने सम्भावना रहेको छ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । मन प्रसन्न हुनेछ । गरेका कामले पूर्णता पाउनेछन् । मन खुशी र स्थिर रहनेछ । समग्रमा दिन तपाईको पक्षमा रहेको छ ।

मिथुन. तपाईंको आजको दिन त्यति राम्रो देखिदैन । आर्थिक कारोवारमा असफलता मिल्ने सम्भावना रहेको छ । मनमा द्विविधा उत्पन्न हुँदा काममा बाधा अवरोधका साथै असफलता हात लाग्नेछ । स्वास्थ्यले साथ नदिन सक्छ । सचेत हुनुहोला ।

कर्कट. तपाईंको आजको दिनमा पदप्रतिष्ठा बढ्ने योग रहँदा मान–सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ । नयाँ-नयाँ आर्थिक कारोबार तथा व्यवसायिक क्षेत्रमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ भनै दैनिकी सफलतापूर्वक बित्नेछ ।

सिंह. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । झैझगडाको सम्भावना देखिएको छ भने सवारी दुर्घटनाको सम्भावना पनि उत्तिकै देखिन्छ, जसका कारण सतर्कता अपनाउनु नै उत्तम हुनेछ । बोलीमा विचार नपुर्याउँदा गर्न लागेका काम पनि बिग्रन सक्छ ।

कन्या. मानसम्मान प्राप्त हुने दिन सुअवसर मिल्नेछ । गरेको काममा सफलता मिल्दा नयाँ–नयाँ काममा मन जार्गति हुनेछ । आफन्त तथा साथीभाइको सहयोगले गर्दा काममा सफलता हात लाग्नेछ । मन प्रसन्नताका साथ व्यतित हुनेछ ।

तुला.स्वास्थ्यमा समस्या आउँदा भइसकेका काममा अवरोध हुन सक्ने सम्भावना देखिएको छ । मनमा अनेकानेक शंका उपशंकाले घेर्नेछ । आफ्नाले धोका दिदा मन टुट्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरु सक्रिय हुनेछन् । सतर्कताका साथ बस्नुनै उत्तम हुनेछ ।

वृश्चिक :  तपाईंको आजको दिन राम्रो छ भन्न सकिन्छ । मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुनेछ । आत्मबल दरिलो हुनेछ । सवारी साधनले पनि फाइदा पुर्याउनेछ । आत्मबल दरिलोताका साथ काम गर्नुभयो भने सुख र सन्तोष मिल्नेछ ।

धनु.  तपाईंकोआजको दिनमा उधारो नगद उठ्नेछ । शत्रुहरुले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने संकेत पनि उत्तिकै रहेको छ ।

मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पदप्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको शुरुवात तपाईं स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिका गरेर गरेका कार्य सफलताको बाटोमा जानेछ ।

कुम्भ. तपाईंको आजको दिन राम्रो मान्न सकिदैन । इच्छाएका कुराहरुमा अवरोध आउने छन् । सोचेका खानेकुराहरु खान नपाइने सम्भावना पनि उत्तिकै देखिन्छ । आर्थिक कारोबारमा होसियारी नपुर्याए डुबाइदिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

मीन. तपाईंको आजको दिन उत्कृष्ट रहेको छ । मनोकांक्षा पूरा हुनेछ भने मान सम्मानको योग प्राप्ति हुदा पदप्रतिष्ठा पनि बढेर जानेछन् । परिवारको साथले हरेक काममा सफलता हात लाग्नेछ । समग्रमा तपाईंले गरेका कामबाट जस र प्रशंसा बटुल्ने समय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button