करेन्ट लागेर एकको मृत्यु

पोखरा न्यूज । सप्तरी जिल्लाकाे सम्भुनाथ-४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ । सम्भुनाथ घर भएका साह विगत केही समयदेखि मोरङ जिल्लाकाे मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए ।

कामकै शिलशिलामा आइतबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएकोमा उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आइतबार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button