आजको राशिफल :२०७७ साल फागुन ९ गते , आइतबार

आज मितिः २०७७-फाल्गुन-९, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको २१, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः नवमी घ.प.१६ः१० (१३ः६), नक्षत्रः रोहिणी घ.प. ०ः६, योगः विष्कुम्भ, करणः तैत्तिल, आनन्दादी योग ः धाता
चन्द्रमाः वृष, सूर्यः कुम्भ, अयनः उत्तरायण
सूर्योदयः ६ः३८
सूर्यास्तः १७ः५८

आजको राशिफलः

मेष. तपाईंको आजको दिन त्यति राम्रो देखिदैन । आफन्तबाट धोका हुन सक्छ । नयाँ व्यवसायमा हात नहाल्दा नै शुभ हुनेछ । मनमा चञ्चलता बढ्नेछ । आलस्यतापन बढ्नेछ । काममा मन नजाँदा नोकरीमा हानी हुन सक्छ ।

वृष. तपाईंको आजको दिन सफलतापूर्वक बित्ने देखिन्छ । मान प्रतिष्ठा बढ्नेछ भने यात्राको अवसर आउनेछ । साथीभाइसँग नजिकिने माध्यम बढ्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । मनले आँटेका र सोचेका कार्य सरल तवरले पुरा हुने देखिन्छ ।

मिथुन. तपाईंको लागि आजको दिन राम्रो रहेको छ । यात्राका अवसर आउँदा मानसम्मान प्राप्ति हुनेछ । आर्थिक पक्ष दरिलो हुँदा आजा तपाईंले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । समग्रमा दिन राम्रो रहेको छ ।

कर्कट. व्यापार व्यवसायबाट आम्दानीको सम्भावना बढेको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्ति हुदा स्वास्थ्यले पनि साथ दिनेछ । रोजगारका अवसरहरु आउनेछन् । सबैको सहयोगले तपाइको काम सम्पन्न हुने देखिन्छ ।

सिंह. तपाईंको आजको दिन राम्रो छैन । सन्तानबाट असहयोगको महशुस हुने छ । आर्थिक क्षेत्रहरुमा असफलताको संकेत देखिएको छ । मित्रले पनि कुरा काट्ने समय रहेको छ भने सवारी दुर्घटनाको अवस्था देखिएकाले सचेत हुनु आवश्यक देखिन्छ ।

कन्या. नयाँ व्यापार तथा उद्योगको शुरुवात गर्ने योग रहेको छ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ-नयाँ श्रोतहरु खुलेका छन् । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला. आज तपाईंको दिन त्यति राम्रो मान्न सकिदैन । वाहन तथा साधनबाट धोका मिल्नेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मनमा अनावश्यक सोचाइ आउनेछ ।

वृश्चिक. तपाईंको आजको दिन उत्कृष्टपूर्वक बित्ने समय देखिएको छ । मान–सम्मान र पदप्रतिष्ठाको सम्भावना पनि उत्तिकै रहेको छ । समय तपाईंको पक्षमा देखिएकाले आनन्दपूर्वक काम आँटेर गर्नुभएमा पूर्ण हुनेछ

धनु. तपाईंको आजको दिन राम्रो छैन । नयाँ काममा आँट नगर्दा नै राम्रो देखिन्छ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ । मन भने द्विविधामा फस्नेछ ।

मकर. तपाईंको आजको दिन राम्रै रहेको छ । विचार गरेर काम गरेको खण्डमा सबैको साथ र सहयोग प्राप्त गर्ने अवसर आएको छ । बोलीमा भने विचार पुर्याउनुपर्नेछ । सुखद यात्राको अवसर आउनेछ ।

कुम्भ. शुभ समय रहेकाले आजको दिनलाई सफलतापूर्वक बिताउने अवसर रहेको छ । हतारेर भन्दा पनि आनन्दले गरेका कामले औपचारिकतामै पूर्णता पाउने देखिन्छ । श्रीमान-श्रीमतीबीचको प्रेमालाप बढेर जानेछ ।

मीन. तपाईंको आजको दिनमा राम्रो हुनेछ । सन्तान सुख मिल्नेछ । गरेका काममा सफलता प्राप्ति हुनेछ । श्रीमान श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ । रोजगारीको सम्भावना रहेको छ भने अध्ययनमा मन जाने देखिन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button