इन्टर क्लब टी–ट्वान्टी क्रिकेटको सेमिफाइनल समिकरण पूरा

पोखरा न्यूज । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लब टी-२० क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्रिकेट एशोसिएशन अफ चितवन र पेलिगेण्ट्स क्रिकेट क्लब भिड्ने भएका छन् । दोश्रो सेमिफाइनलमा आयोजक सुपर जनरल पोखरा र जनकपुर क्रिकेट क्लब आमने सामने हुने पक्कापक्की भएको हो ।

समूह‘बि’को अन्तिम खेलमा जनकपुरले मिक्समाण्डु क्लब काठमाण्डौलाई ५ विकेटले पराजित गरेपछि समूहमा ६ अंकका साथ शीर्षस्थान कायम गर्दै सेमिफाइनलमा स्थान बनाएका हो । जनकपुरले समूहका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दा समूहमा दोश्रो स्थान कायम गर्दै सेमिफाइनल पुगेको पेलिगेण्ट्सले २ खेलमा जीत हाँसिल गर्दै ४ अंक बनाउन सफल भयो ।

लिगको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको मिक्समाण्डुले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । मिक्समाण्डुको तर्फबाट शुव कंसाकारले २८, रिजन थापाले १७ तथा सचिन अधिकारीले १४ रन बनाए । जनपुरका बलरहरु शोभाकान्त पाण्डेले ३ तथा राहुलप्रताप सिंह र विशाल सुस्लिङले २/२ विकेट लिए ।

जीतका लागि ९१ रनको लक्ष्य लिइ व्याटिङमा उत्रिएको जनकपुरले १८.२ ओभरमा मात्रै ५ विकेट गुमाएर जीत निकाल्यो । म्यान अफ द म्याच भएका जनकपुरका राहुल प्रताप सिंहले ३३ रन जोडे भने विक्रान्त यादवले २७ रनको पारी खेलेका थिए । पेलिगेण्ट्सको बलिङमा रुपेश श्रीवास्तव र शुव कंसाकारले २/२ विकेट लिए । पहिलो सेमिफाइनल खेल सोमबार तथा दोश्रो सेमिफाइनल खेल मंगलबार हुने प्रतियोगिताका निर्देशक विधान श्रेष्ठले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button