आहा ! रारा गोल्डकपमा भोलि संकटा र अफ्रिकन रुट्स उपाधिकालागि भिड्दै

पोखरा न्यूज । पोखरामा जारी १९ औं संकरणकाे आहा ! रारा गोल्डकपको भोलि शनिबार पोखरा रगंशालामा फाइनल खेल हुँदैछ । भोलि दिनको २ बजे उपाधिकालागि संकटा व्याइज क्लब र पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन भिड्दैछन् ।

पाँच पटकसम्म आहा ! रारा गोल्डकपमा सहभागी बनेको संकटा क्लव पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक फाइनलमा पुगेको संकटा इतिहाँस रच्ने दाउमा रहेको छ । पहिलो पटका सहभागिता जनाएको अफ्रिकन रुट्स पनि उपाधि चुम्ने लक्ष्यमा रहेको शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा बताइएको छ ।

अफ्रिकन रुट्सका कप्तान साल्भियोले नेपाल पुलिस जस्तो शसक्त टिमलाई जितेर फाइनलमा पुगेको हुनाले खेलाडीहरुको हौसला उच्च रहेको बताउँदै पहिलो पटक नेपालमा उपाधि उचाल्ने यो अवसर नगुमाउने बताउनुभएकाे छ । शनिबार मैदानमा उत्रिए पछि नै संकटासंग कसरी खेल्ने भन्ने बारे थप रणनीतिका साथ अघि वढ्ने उहाँकाे भनाइ छ ।

यता संकटाका प्रशिक्षक सल्यान खड्गीले उपाधि होडमा आफ्नो टिमले कुनै कसर वाँकी नराख्ने बताउनुभएकाे छ । उहाँ भन्नु हुन्छ–“हामीले उनीहरुको खेल देखेका छौं, अफ्रिकन रुट्स शसक्त टिम हो तर उपाधि हामी नै उचाल्छौ ।”

संकटाका कप्तान सरोज दाहालले समेत यो अवसर गुम्न नदिने बताउनुभएकाे छ ।

१९ औं संस्करणको आहा ! रारा गोल्डकपमा उपाधि नजिक पुगेका दुवै टिम मध्ये क्यामरुनको टोली अफ्रिकन रुट्स र संकटा पहिलो पटक उपाधि जितेर इतिहास रच्ने होडमा छन ।प्रतियाेगितामा सर्वाधिक उपाधि जित्ने इतिहास बोकेको मनाङ मर्स्याङदीले ६ पटक, नेपाल पुलिसले क्याराभान गोल्ड कप सहित ६ पटक, सहाराले २ पटक र नेपाल आर्मीले १ पटक उपाधि जितेका छन् ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपवजिेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button