कतारमा हुने सबै अराजक गतिविधिमा सरकारको नजर, सचेत रहन मियाको अनुरोध

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा सन् २०२२ मा फिफा विश्व कप फुटबल प्रतियोगिताको आयोजना हुँदै छ। प्रतियोगिताको लागि कतारका विभिन्न स्थानमा भई रहेका स्टेडियम निर्माण तथा कतारको विकासमा ठुलो सङ्ख्यामा नेपाली सहित विभिन्न देशका आप्रवासीहरूले श्रमिकको रूपमा योगदान गरिरहेका छन् तर कतारमा केही आप्रवासीहरूले गरेको गैह्र कानुनी क्रियाकलाप तथा अवैध व्यापारलाई लिएर यहाँको सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हालै एउटा विज्ञप्ति सार्वजनिक गर्दै ‘विभिन्न सामाजिक सञ्जालमा आइरहेका केही महत्त्वपूर्ण विषय तथा अशोभनीय गतिविधिलाई सुरक्षा निकायले सूक्ष्म निगरानी तथा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ। छिट्टै यसबारे सत्य तथ्य पत्ता लगाएर कानुनी कारबाही अगाडी बढाउने जनाएको छ l

अवैध रूपमा मदिरा उत्पादन, जुवा तास तथा सार्वजनिक स्थलमा हुने गरेका अप्रिय घटनालाई लिएर आप्रवासी समुदाय बिच हुने गरेको झैँ–झगडालाई कतार सरकारले गम्भीरताका साथ लिएको अरबिक भाषा, कानुन विद् तथा कतार मामिलाका जानकार मोहम्मद रमजान अलि मियाँले बताउनु भयो l उहाँका अनुसार कोर्नेस, ग्राण्ड मल, सनैयाका विभिन्न स्थानमा हुने आप्रवासीहरूका अराजक गतिविधिले यहाँको स्थानीय कानुनको ठाडो उल्लङ्घन गरिरहेको बताउनु भयो l

कतारका नागरिकहरूले नेपालीलाई धेरै परिश्रमी र इमानदार श्रमिकका रूपमा लिने गरे पनि केही अराजक नेपालीका कारण सिङ्गो समुदायलाई हेर्ने नजर बदलिन सक्ने तर्फ सचेत गराउँदै उहाँले नेपाली समुदाय समयमै संयमित भई यहाँको कानुनको पालना गर्न आग्रह गर्नु भयो l सम्बन्धित निकाय तथा सुरक्षा निकायले अनुसन्धान गरिरहेको विषयलाई अनगरल रूपमा मिडिया बाजी नगर्न पनि गृहले आम सर्वसाधारणहरुलाइ सचेत गराएको छ। कतारमा करिब साढे ३ लाख को हाराहारीमा नेपाली श्रमिक रहेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button