गण्डकीम्याग्दीसमाचार

बेनी जोमसोम सडकमा पहिरो खस्दा जिपहरुमा क्षति

पोखरा न्यूज । बेनी जोमसोम सडकखण्डमा माथिबाट पहिरो खस्दा पार्कि गरिराखेका जिपहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आज बिहान म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट गायत्री मन्दिरस्थित बेनी जोमसोम सडक खण्डमा माथिबाट ढुङ्गामाटो सहितको पहिरो खस्दा सडक छेउमा पार्किङ गरि राखेको ग१ज ५८९८, ग१ज ६२३०, ध१ज ६४१ र बा.प्र.०१०२५ च००५४ नंको जिपमा आंशिक क्षति भएको हो ।

पहिरोबाट बाटो अबरोध भएको भए पनि कुनै मानवीय क्षति नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x