होम आइसाेलेसनमा बसेर स्क्रिप्ट लेख्दै माओत्से गुरुङ

‘थिरीमाली’ फिल्मबाट दर्शकको राम्रो साथ पाउने आशा

राजाराम पौडेल । कलाकार तथा निर्देशक माओत्से गुरुङ यतिबेला होम आइसाेलेसनमा हुनुहुन्छ । दक्षिण भारतीय फिल्म ‘थिरीमाली’को छायाकंनको लागि केही समय भारतको हिमाञ्चल प्रदेशमा बस्नुभएका उहाँ छायाकंन सकिएर नेपाल फर्किएपछि होम आइसाेलेसनमा बस्नु भएको हो ।

यसरी होम आइसाेलेसनमा बस्दाको समयलाई स्क्रिप्ट लेखेर फलदायी बनाउन उहाँले खोज्नुभएको छ । ‘थिरीमालीको छायाकंन सकेर नेपाल फर्किएर अहिले होम आइसाेलेसनमा बसिरहेको छु । अब १, २ दिनमा निस्कन्छु । यो बसाइको क्रममा नयाँ स्क्रिप्टको तयारीमा छु । हेरौ कोर्दै जाउँ लेख्दै जाउँ के हुन्छ’ उहाँले पोखरा न्युजलाई भन्नुभयो । स्वास्थ्यमा समस्या भएर नभर्ई स्वास्थ्य मापदण्डलाई ख्याल गरेर उहाँ होम आइसाेलेसनमा बस्नु भएको हो ।

फिल्म थिरीमाली काम गर्दा एकदमै छुट्टै अनुभव नभएपनि भाषाको हिसाबले तथा साउथको सिनेमाको हिसाबले आफूलाई केही पृथक लागेको गुरुङ फिल्म एशोशिएसन नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँले खुलाउनुभयो । ‘साउथ फिल्म तिरकै कलाकाहरुसँग काम गरेको कारणले गर्दा केही फरक त स्वभाविक रुपमानै भयो’ ।

यो फिल्मको छायाकंन पहिला नेपालमा हुने तयारी थियो । फिल्मको टिम मुस्ताङमा सुटिङ गर्न आएका थिए । तर, मुस्ताङमा समस्या भएपछि भारतको हिमाञ्चल प्रदेशको मनालीमा छायाकंन भएको हो ।

फिल्ममा आफूले हिमाल आरोहण गर्ने शेर्पाको क्यारेक्टरमा अभिनयको गरेको गुरुङले सुनाउनुभयो । ‘मैले यसमा एकजना शेर्पा जो हिमाल आरोहण गर्ने र पर्वतारोहीलाई बाटो देखाउने काम गर्छन् त्यस्तो खालको क्यारेक्टरको भुमिका निर्वाह गरेको छु । विशेषगरी सिनेमाको हिरोपात्रको अंकलका क्यारेक्टर मेरो हो’ उहाँले भन्नुभयो ।

फिल्मलाई मलालम, तेलेगु, हिन्दी सहितका विभिन्न भाषामा डब गरेर प्रर्दशनको गर्ने निर्माण पक्षको तयारी छ । फिल्मबाट दर्शकको राम्रो प्रतिक्रिया पाउने गुरुङको आशा छ । ‘फिल्ममा मलालमका स्टार कलाकाहरु हुनुहुन्छ । उहाँहरु र हामीले संयुक्त रुपमा एकदमै मेहनत गरेका छौँ । त्यो मेहनतका हिसाबले राम्रै होला भन्ने आशा छ’ गुरुङले थप्नुभयो ।

फिल्मको प्रदर्शन कोरोनाको प्रभाव केही मत्थर भएपछि गर्ने निर्माण पक्षको तयारी भएको उहाँले सुनाउनुभयो । अनुभवका हिसाबले मात्र नभएर पारिश्रमिकका हिसाबले समेत केही खुशी हुने ठाउँ रहेको उहाँले बताउनुभयो । ‘पारिश्रमिक नेपालमा अभिनय गर्दाको हिसाबले भन्दा केही आर्कषक खुशी हुने ठाउँ छ’ उहाँले खुलाउनुभयो ।

फिल्मको छायाकंन भएको ठाउँ मनालीले आफूलाई लोभ्याएको उहाँको भनाई छ । छायाकंनको लागि भन्दापनि यात्राको हिसाबले अलिकति बढी समय लागेर पुग्नुपर्ने ठाउँ रहेछ । नेपालबाट भारतका विभिन्न ठाउँ हुँदै मनाली पुग्नुपर्ने रहेछ । त्यहाँ पुगिसकेपछि त्यो ठाउँ एकदमै सुन्दर र मनमोहक लाग्यो मलाई । थकान भोलि पल्ट नै दुर हुने खालको ठाउँ रहेछ । छायाकंनको शिलशिलामा तहाँका विभिन्न गाउँमा पुगेका थियौ । जुन गाउँ हेर्दा आफ्नै सेरोफेरोको गण्डकी प्रदेशको गुरुङ गाउँ जस्तो लाग्ने खालको भान महशुस भयो ।

गजब लाग्ने कुरा के भयो भनेदेखि सुटिङको शिलशिलामा हामी विभिन्न ठाउँमा पुग्यौ । एउटा यस्तो ठाउँमा पुग्यौ । जहाँ अधिकांश नेपाली भेटे । त्यहाँको बोलीचाली रहनसहन धेरै कुरा नेपालसँग मिल्दो रहेछ । र, त्यहाँको स्थानीय बासिन्दाले नेपाली भएन भने यहाँको मानिसले खानै पाउँदैन यो डाडाँ पाखाहरु खन्ने जोत्ने सबै नेपालीले हो भन्ने कुरा गर्नुभयो । यो सुन्दा मलाई दुःख लाग्यो । नेपालीहरुले दैनिक ज्यालादारी गरेर कति कमाउने हुन्छ भन्दा बाटोघाटो खेत खनेर दैनिक आइसी ५ सय रुपैयाँ कमाउने रहेछ । नेपालको हिसाबले हेर्ने हो भनेपनि त्यति ठुलो रकम होइन । त्यति रकम नेपाली दाजुभाइले नेपालमा नै कमाउन सक्नुहुन्थ्यो भन्ने लागेर उहाँहरुले विदेशी भूमिमा पसिना बगाएको देख्दा दुःख लाग्यो । कलाकार गुरुङले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button