पाेखरामा हाेमआइसाेलेशनमा रहेका ४४ वर्षीय पुरुषसहित थप ५ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखरामा हाेमआइसाेलेशनमा रहेका २ जना र अस्पतालमा उपचारकाे क्रममा ३ जना गरी थप ५ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा १९ का ८१ वर्षीय पुरुषकाे शुक्रबार तथा पर्वतकाे कुश्मा ३ का ७५ वर्षीय पुरुष र तनहुँकाे व्यास ३ की ४८ वर्षीया महिलाकाे  प्रतिष्ठानमा उपचारकाे क्रममा बिहीबार मृत्यु भएकाे छ ।

पाेखरा २६ का ४४ वर्षीय पुरुष र पाेखरा १२ की ८४ वर्षीया महिलाकाे हाेमआइसाेलेशनमा बिहीबार मृत्यु भएकाे हाे ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३०६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button