१८ वर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

पाेखरा न्यूज ।  नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन हुनुभएकाे छ । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिनुभएकाे हाे ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिनुभएकाे छ । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उहाँले बताउनु भयाे।

यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन हुनुभएकाे हाे ।। अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button