‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

पाेखरा न्यूज । बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा हुनुहुन्छ । उहाँ तनावमा हुने मुख्य कारण उहाँको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुनुहुन्छ ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहनु भएकाे छ।  अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार हुनुभएकाे छ । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिनुभएकाे छ ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएकाे छ । उहाँले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिनुभएकाे छ । सुमोनाका अनुसार उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ । उहाँले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button