विपक्षी दलविरुद्धको गठबन्धन हारको पराकाष्ठा : रायमाझी

पाेखरा । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताउनु भएकाे छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमालेवरिुद्कोद्ध गठबन्धनले जित सुनिश्चित गरेको दाबी गर्नुभएकाे हाे । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भन्नुभयाे, देश एमालेले नै रुपान्तरण गर्छ ।’

रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button