विष्णु खत्री र सजना बास्तोलाको ‘सरकार के गरेर खाम ?’ गीत सार्वजनिक

पाेखरा । देशभित्रै रोजगारी नभइरहेको बेला कलाकार विष्णु खत्री र सजना बास्तोलाले भखरै युट्युवमा सरकार के गरेर खाम ? बाेलकाे गीत सार्वजनिक गर्नुभएकाे छ ।

देशको परिस्थिति र शैक्षिक बेरोजगार युवाहरुको कथालाई मर्मस्पर्शी शब्दले जीवन्त चित्रण गरिएको गीतमा सर्जक तथा गायक खत्री र भर्सटाइल गायिका बास्तोलाको सुमधुर स्वर छ ।

लोकसङ्गीत क्षेत्रमा रूचाइएका गायक/सर्जक खत्रीका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन्।

त्यस्तै भर्सटाइल गायिका बास्तोलाले अहिलेसम्म दर्जनौं गीतमा स्वर दिइसक्नुभएकाे छ । लोक, पप, आधुनिक, गजल, भजनदेखि डान्सिङ सबै शैलीका गीतमा उहाँले स्वर दिनुभएकाे छ ।

संगीतकार आशिष अविरलले एरेन्ज गरेको सरकार के गरेर खाम? मा संगीत सर्जक स्वयमकाे छ । म्युजिक भिडियोमा विनोद न्यौपाने र जुना सुन्दासको फिचरिङ देख्न पाइन्छ । युवराज वाइवाको निर्देशनमा बनेको भिडियोमा निशान एसकेको सिनेमेटोग्राफी छ भने अमृत चापागाईको सम्पादन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button