डलरको भाउमा नयाँ रेकर्ड, रेमिटेन्स पठाउनेलाई फाइदै फाइदा

नेपाल राष्ट्र बैङ्कका पछिल्लो विनिमयदर अनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यवृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ । यता चीनमा सैन्य कु र राष्ट्रपतिलाई नजरबन्द गरिएको हल्लाले पनि डलरलाई अझ मजबुत बनाउन सहयोग गरेको छ ।

https://www.pokharanews.com/2022/09/251475/

डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, आइतबार डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् ।

युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

डलरको भाउमा उच्च वृद्धि हुँदा रेमिटेन्स पठाउने नेपालीलाई भने फाइदा हुनेछ । नेपाली मुद्रा कमजोर बन्दा थोरै डलर पनि धेरै नेपाली रुपैयाँमा विनिमय हुने हुँदा रेमिटेन्स पठाउनेलाई फाइदा हुनेगर्छ । हाल नेपालका बैंकहरुले रेमिटेन्समार्फत आउने बचतलाई १५ प्रतिशतसम्म ब्याज दिने हुँदा यसले रेमिटेन्स पठाउने नेपालीलाई दोहोरो लाभ हुने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button