साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेतामै सीमित

साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३-० गोलअन्तरले हराउँदै आयोजक बङ्गलादेशले उपाधि चुमेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको फाइनलमा बङ्गलादेश नेपाललाई ३-० ले हराउन सफल भयो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको बङ्गलादेशले खेलको ८७ औँ मिनेटमा तेस्रो गोल गर्दै नेपालको पुनरागमन गर्ने कुनै पनि सम्भावना अन्त्य गरेको थियो ।

लिग चरणमा ३ मध्ये दुई खेल जितेको नेपालले बङ्गलादेशसँगको खेलमा ३-० गोल अन्तरकै हार व्यहोरेको थियो । नेपालले भारत र भुटानलाई हराएको थियो । बङ्गलादेश भने प्रतियोगिताभर अपराजित रही उपाधि पनि हासिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button