चलचित्र पत्रकार संघ कास्कीकाे अध्यक्षमा प्रभु अधिकारी

पोखरा, २८ माघ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीकाे नेतृत्वमा सर्वसम्मत कमिटि चयन गरेकाे हाे ।

संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत चुनिए ।

यसैगरी, संघको कार्यसमिति सदस्यहरूमा विनिता सुनार, गौरव त्रिपाठी, सुरेश सुनार, प्रेम थापा, एलिजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल र सिद्धार्थ गौतम रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा सुशन घिमिरे र आशिष पुरी चयन भए ।

पाेखराका मेयर धनराज आचार्यकाे प्रमुख आतिथ्यता भएको कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो । संघले अग्रज कलाकार माओत्से गुरुङ, संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलसहित संस्थापक सदस्यहरूलाईलाई सम्मान गरेको हो  ।

सस्थाका पूर्व अध्यक्ष रेम बिक र सल्लाहकार राजाराम पाैडेल जितप्रसाद द्वा चलचित्र पुरस्कारबाट जनही २५ हजार नगदसहित पुरस्कृत भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button