तेस्रो शितल ज्योति कप फागुन २० देखि पोखरामा हुने

तेस्रो शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता यही फागुन २० गतेदेखि पोखरामा हुने भएको छ । पोखरा १२ मा रहेको शितल ज्योति युवा क्लबको आयोजनामा यही फागुन २७ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लबले जनाएको छ ।

यही फागुन १८ गते ५ बजेसम्म टिम दर्ताको समय सिमा राखिएकोले प्रतियोगितामा करिब ३५ टिमको सहभागिता हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको उनले जनाए ।

सेमिफाइनलमा प्रवेश गर्ने टिमलाई १० हजार प्रदान गरिनेछ भने प्रतियोगिताको क्वाटरफाइनलबाट म्यान अफ दी म्याच खेलाडीको पनि घोषणा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउण्टेन बाइक पुरस्कार वितरण गरिने भएको क्लबका अध्यक्ष नरप्रसाद गुरुङले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा क्लबका पूर्व खेलाडी स्वर्गीय किरण खड्का परिवारबाट पहिलो पुरस्कार प्रायोजन गर्ने भएको छ भने द्धितीय पुरस्कार पोखरा १२ को वडा कार्यालयले प्रायोजन गर्ने क्लबका सचिव पुर्ण गुरुङले बताए । यस अघि पूर्व खेलाडी स्वर्गीय किरण खड्काको स्मृतिमा उक्त प्रतियोगिता संचालन भएको थियो ।

क्लबले आगामी वर्षदेखि ११ ए साइड फुटबल प्रतियोगिताको रुपमा संचालन गर्ने भए पनि यस वर्ष प्राविधिक कारणले गर्दा सेभेन ए साइड ढाँचा मै खेलाइने भएको अध्यक्ष गुरुङले बताए । एन्फा आबद्ध क्लबहरुलाई प्राथमिकता दिँदै दर्ता लिने जनाएको क्लबले एक टोलीको दर्ता शुल्क ८ हजार राखेको छ । स्थानीय खेलाडी उत्पादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button