पोखराको हेम्जामा आलुका परिकारमा रमाउँदै दर्शक

पोखरा , २ बैशाख । पोखराको हेमजामा जारी आलु महोत्सवमा दर्शकको सहभागिता बढ्दै गएको छ ।

महोत्सवमा शुक्रवार नयाँ वर्षको दिन मात्र करिब दश हजार मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा पुग्ने अधिकांश अवलोकनकर्ता हरूले महोत्सव स्थलमा रहेका खाजा स्टलका आलु परिकार रुचाएका छन् ।

स्टलमा आलुको मम, आलु चप, आलु स्टीम, आलु ससेस, आलु दम, आलुको अचार, आलु पकौडा लगायतका गरी २० परिकारको व्यवस्था गरिएको छ ।

महोत्सव प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्नो स्टलमा आलुका परिकार मात्रै तयार गर्ने गरिएको वर्ड टाउन वेस्टोका सञ्चालक जीतेन्द्रजंग थापाले बताए ।

महोत्सव स्थलमा करिब ३० वटा खाजाका स्टलहरू छन् ।जसमध्ये अधिकांशले आलुका परिकारलाई प्राथमिकताका साथ बनाउने गर्दछन्।

महोत्सवमा आज लोकदोहोरीतर्फ प्रिन्स लम्साल, रामजी पौडेल, पारु गुरुङ र कमला केसी, पपतर्फ सिडी विजय अधिकारी, डिमोर्चा व्याण्ड साथै हास्यतर्फ पुर्खे बा का प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ ।

छैटौँ दिन शुक्रवारसम्म महोत्सव स्थल र बाहिरबाट समेत गरी करिब ७० टन आलुको कारोबार भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।

महोत्सव बैशाख ३ गतेसम्म चल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button