मृगौला पीडित ८ वर्षीया बालिकालाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग

पोखरा, ०२ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पीडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई  हस्तान्तरण गरेका हुन् ।

अमृतले विभिन्न व्यक्तिहरूबाट संकलन गरेको  ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ नगद काठमाडौँ टिचिङ अस्पताल परिसरमा मंगलबार हस्तान्तरण गर्दै अमृतले फाउण्डेशन र सहयोगी सबैको तर्फबाट लिनाको स्वास्थ्यलाभको कामना गरे  ।

अन्नपूर्ण –११ घान्द्रुक उरीकी ८ वर्षीया लिना गुरुङलाई चैत १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा )मा स्वास्थ्य जाँच गर्दा स्वास्थ्यकर्मीले दुवै मृगौला फेल भएको जानकारी गराएपछि उपचारका लागि काठमाडौँ लगिएको परिवारले जनाएको छ ।

लिना गुरुङले अहिले काठमाडौँको टिचिङ अस्पतालमा नियमित डायलासिस गराइरहेकी छिन् । जगनप्रसादको आर्थिक अवस्था कमजोर भएकाले  सहयोग संकलन गरेर हस्तान्तरण गरिएको  फाउण्डेशनका संस्थापक अमृतले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button