गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा-११’

पोखरा, ०७ जेठ । तमु धि युकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा -११ बेलायत लागेको छ ।

बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो ।

सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ,जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।

खेलाडीहरूलाई बेलायत जानका लागि बगर भाईखलक युके र तमु धि युकेले संयोजन गरेको थियो ।

बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको थियो ।

सो टोली बेलायत करिब दुई साता बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button