शिव शिखर सहकारी पिडितलाई सम्पर्कमा आउन कास्की प्रहरीको आग्रह

पोखरा, ०१ असार । कास्की प्रहरीले शिव शिखर बहुउधेश्यीय सहकारी संस्थाका पिडितलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ०५ को शाखामा रकम जम्मा गरी फिर्ता नपाएका पिडितहरुलाई रकम जम्मा गरेको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा सम्पर्कमा आउन भनेको हो ।

प्रहरीले सार्वजनिक सूचनामार्फत पिडित बचतकर्ताहरुलाई आ-आफ्नो नागरिकता, रकम जम्मा गरेका पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतका सक्कल कागज पत्रसहित उपस्थित हुनुपर्ने उल्लेख गरेको छ  ।

केन्द्रीय कार्यालय काठमाण्डौमा रहेको शिव शिखर बहुउधेश्यीय सहकारी संस्थाको कास्की शाखाबाट रकम हिनामिना गरी बचत रकम फिर्ता नगरेको भन्दै सुर्यबहादुर नेपाली सार्की लगायतले दिएको जाहेरीका दर्ता भइ अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button