साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् ।

सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले “जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने” बताएका हुन् ।

उनले राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुर्याउने बताउँदै पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आ-आफ्नो विधा तथा क्षेत्रमा राष्ट्रलाई योगदान गर्नमा प्रोत्साहित गर्ने विश्वास लिएको बताए ।

दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिंगो राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको योगदान निकै विशिष्ट प्रकृतिको रहेको बताउँदै सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्वका निम्ति, जनवादी क्रान्तिको विकासका निम्ति, कम्युनिस्ट आन्दोलनको एकताका निम्ति र कम्युनिस्ट मूल्य–मान्यता र संस्कृति निर्माणका निम्ति विचार र व्यवहारमा पुष्पलालको नेतृत्व सबैका निम्ति अनुकरणीय र प्रेरणादायी रहँदै आएको उल्लेख गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button