वानएक्स बेट प्रकरणमा बल्छी धुर्बेलगायतविरुद्ध अभियोगपत्र दर्ता, मुख्य अभियुक्त खड्काविरुद्ध ६४ करोड भन्दा बढी बिगो दाबी

वानएक्स बेट प्रकरणमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल(राजु मास्टर) लगायत ९ कलाकार र युट्युबरविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा श्रेष्ठ र पौडेलसहित बेगम नेपाली, एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोपमा अभियोगपत्र दर्ता गरेको हो । नौजना मध्ये मोरङ विराटनगरका २४ वर्षीय कुशल पोखरेललाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।

उनीहरुविरुद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको हो । सरकारी वकिलले उक्त कसुरको दफा २५ को उपदफा १ र २ बमोजिम उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको छ ।

यसैगरी सोही प्रकरणमा मुख्य अभियुक्त मानिएका दिनेश खड्का र उनकी श्रीमती अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएकोे छ । अभियोगपत्रमा सोही ऐनको दफा ९५ अनुसार उनीहरुसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button