राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

२०८०/८१ सालको बजेट माथिल्लो र तल्लो दुवै सदनबाट पारित भएको छ ।

बिहीबार अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभा बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफलबाट उठेका प्रश्नहरुको छलफल पछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । बजेटका बारेमा उठेका प्रश्न र जिज्ञासाको अर्थमन्त्री महतले जवाफ दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button