प्रम दाहाल शनिबार इटाली प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली प्रस्थान गर्दैछन् ।

संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ कार्यक्रममा सहभागी हुन दाहाल त्यसतर्फ जान लागेका हुन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त कार्यक्रमलाई प्रम दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खाद्य तथा कृषि संगठन (एफएओ)को प्राङ्गणमा हुन लागेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले एफएओका महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भ्रमण टोलीमा प्रम दाहालकी छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । दाहाल साउन १२ गते नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button