सहकारीको बचत अपचलन प्रकरणमा पोखराकी जसोदा पक्राउ

पोखरा । प्रहरीले  एक सहकारीको बचत अपचलन गरेको आरोपमा पोखराकी जसोदा पौडेललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार लालुपाते बहुउद्देश्यीय सहकारीको ७० लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

पोखराबाट भागेर चितवन पुगेकी जसोदालाई चितवनबाटै पक्राउ गरी बिहीबार खोटाङ लगिएको प्रहरी प्रवक्ता इन्स्पेक्टर बेनु कार्कीले बताए ।

प्रहरीले यस प्रकरणमा पौडेलसहित सहकारीका उपाध्यक्ष अर्जुन चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई, सहकारीका अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ जोशी र प्रबन्धक रुकु जोशी गरी ९ जनालाई पक्राउ गरिसकेको छ ।

कोरोना संक्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ ।

खोटाङ प्रहरीले मंगलबार ४७० जनाको नामको सूची सार्वजनिक गर्दै  नाम छुटपुट भएका बचतकर्ताहरुलाई प्रमाणसहित कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

सहकारीका ४५ सय बचतकर्ताको रकम घोटाला गरेको भन्दै तत्कालीन अध्यक्ष जोशीको परिवारका सहित आठ जनाबिरुद्ध खोटाङ प्रहरीमा उजुरी उजुरी परेको थियो ।

जसुदाले गल्ती भएको भन्दै मागिन माफी, सबैको पैसा मिलाएर तिर्ने दाबी ( भिडियो सहित )

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button