पोखरा । पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिभा मावि र अमरसिंह मावि भिड्ने भएका छन् ।
मंगलबार भएको सेमिफाइनलमा प्रतिभाले मदल्याण्ड माविलाई ६ विकेटले र अमरसिंहले गण्डकी बोर्डिङ स्कूललाई २१ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
मंगलबारको खेलमा प्रतिभाका स्वागत अधिकारी र अमरसिंहका सुमन पन्त प्लेयर अफ द म्याच घोषित भए । फाइनल खेल आज बिहान १० बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution