प्रतिभा माविले जित्याे पोखरा कप

पोखरा । पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ ।

बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो ।

पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइलनमा प्रतिभासँग स्तब्ध अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सफल भयो ।

अमरसिंहका कल्याण कुमालले सर्वाधिक ३१ रन बनाए । विवश रानाभाटले २७, कल्यान कुमालले ३१, बिमोचन सापकोटाले २१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।

बलिङमा प्रतिभाका सन्देश गिरी, निश्चल श्रेष्ठ, कुशल अधिकारी र सत्कार अधिकारीले १/१ एकएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
प्रतिभाका लागि बब्लु शाहले अर्धशतक प्रहार गरे । उनले ५३ बलमा ५२ रन बनाएर आउट भए ।

राहुल शर्माले २०, रोशन पौडेलले १६, रोहन चन्दले १९ र निश्चल श्रेष्ठले २० रनको योगदान दिए । बलिङतर्फ अमरसिंहका रिजन गिरीले २ र कृतज्ञ अधिकारीले १ विकेट लिए । प्रतिभाका बब्लु शाह फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

अमरसिंहका सुमन पन्त प्लेयर अफ द सिरिज बने । उनले ७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।

सगरमाथा माध्यमिक विद्यालयका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याटर र गण्डकी बोर्डिङ स्कुलका समीर पौडेल उत्कृष्ट बलर बने । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, आयोजक संस्था बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पुरस्कार प्रदान गरे ।

फागुन ९ गतेदेखि सुरु प्रतियोगितामा पोखरामा १२ विद्यालय सहभागी भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button