बागलुङ कालिकामा चैत्राष्टमी मेला चैत ३० देखि वैशाख ६ सम्म

पोखरा । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा यसवर्षको चैत्राष्टमी मेला आगामी चैत ३० देखि बैशाख ६ गतेसम्म सञ्चालन हुने भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मेला बागलुङ नगरपालिका वडा नं १ बाल उद्यानमा हुनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवर्द्धन’ मूल नारा तय गरिएको छ ।

मेलाको अवसरमा कालीका कप खुला भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम समावेश गरिएको छ ।

सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको बताइएको छ ।

मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ । मन्दिरमा भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button