आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

पोखरा । नेपालसहित संसारभरका देशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व मौसम विज्ञान दिवस मनाइँदैछ । हरेक वर्षको मार्च २३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले यो वर्षको मौसम विज्ञान दिवसको नारा जलवायु कार्यको फ्रन्टलाइनमा भन्ने तय गहेको छ । राष्ट्रसंघले अहिले नै हाम्रा कृयाकलापमा विशेष ध्यान दिएको खण्डमा भविष्यमा पानी, मौसम र जलवायुलाई स्वच्छ ढंगले पुर्‍याउन सकिने बताएको छ ।

विश्वब्यापी जलवायु परिवर्तनको मारमा परिरहेका बेला हामी सबैको प्रयासले नै त्यसलाई न्यूनीकरण गर्न सक्ने विश्वास छ । बढ्दो सहरीकरण र तीव्र जनसंख्या वृद्धिका कारण वातावरण र मौसममा परेको प्रभाव र त्यसको रोकथामका लागि गर्न सकिने उपायका बारेमा जनचेतना जगाउन यो दिवस मनाउन थालिएको हो ।

विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि प्रत्येक वर्षको मार्च २३ अर्थात् आजको दिन विश्वभर नै मौसम दिवस मनाउन थालिएको हो ।

बढ्दो वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण विश्वभर नै मौसममा प्रतिकूल असर परेको छ । वातावरणलाई संरक्षण गर्दै स्वच्छ वातावरण निर्माणका लागि सचेतनामूलक कार्यक्रम गर्ने लक्ष्य लिएको छ । वातावरणसँग सम्बन्धित लगायतका संघसंस्थाले यो दिवस मनाउँदै छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button